काठमाडौं, १२ असार । नेपाल–भारतबीच विद्युत व्यापार सम्झौता (पिटिए) भएको दुई वर्ष नपुग्दै भारतले त्यसको उलंघन गरेको छ ।
पिटिएमा दुई देशले स्वतन्त्र रूपमा दुई देशले विद्युत व्यापार गर्न पाउने उल्लेख भए पनि कानुनी अड्चन देखाउँदै कार्यान्वयन लत्याएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
संकट न्यूनिकरण गर्न अहिले नेपालमा बढी विद्युत किन्नुपर्ने बाध्यतामा भारतले अंकुश लगाएको छ ।
पिटिए अनुसार भारतका कुनै पनि कम्पनी, निकाय वा बजारबाट नेपालले आफ्नै तरिकाले विद्युत किन्न पाउँछ ।
कानुनी प्रक्रिया मिलाउन बाँकी रहेको भन्दै भारतले नेपालको यो अधिकार खोसेको नेपाल विद्युत प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...