असार १२ – इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको ज्यान गएको छ ।
अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि ज्यान गुमाउनेमा सुरक्षा गार्ड,
सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । अल–शबाबका लडाकुले होटलमा रहेका व्यक्तिलाई नियन्त्रणमा राखेर आक्रमण गरेका थिए ।
अहिले भने प्रहरीले होटल आफ्नो नियन्त्रणमा लिएको छ । होटलको मुल गेटमा आत्मघाती कार बम बिस्फोट गराएपछि अल–शबाबका लडाकु होटल भित्र प्रवेश गरेका थिए । अल–शबाबले पश्चिमा देशको समर्थन रहेको सरकारको विरोधमा यस किसिमका आक्रमण गर्दै आएको छ ।(ujyaalo online )


0 comments
प्रतिक्रिया दिनुहोस्...