काठमाडौं–सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ ।
सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्थालगायतका सुविधा किसानलार्य निशुल्क उपलव्ध गराउने तयारी गरेको छ ।
यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको हो ।- अन्नपूर्ण पोष्ट



0 comments
प्रतिक्रिया दिनुहोस्...