-->
अाइफोन 7 मा दुई सिम र २५६ जीबी इन्टरनल ममाेरी !
Advertisement

एप्पलको नयाँ आइफोन 7 लन्च हुन केही महिना मात्र बाँकी छ। यसबारे अनेकौँ चर्चा तथा जानकारी बाहिर आउने क्रम जारी छ।
हालै आइफोन 7 बारे नयाँ खबर प्राप्त भएको छ। आइफोन 7 मा दुई वटा सिम लाग्ने बताइएको छ। चीनको स्मार्टफोन रिपेयर साइट रकफिक्सले जारी गरेको फोटोका अनुसार आइफोन 7 ले डुअल सिम सपोर्ट गर्नेछ।
एप्पलले योभन्दा अघि डुअल सिम सपोर्ट गर्ने फोन बनाएको छैन। आगामी सेप्टेम्बरमा लन्च गरिने भनिएको आइफोन 7 मा यो फिचर भए कम्पनीका लागि यो ठूलो कदम हुनेछ।
रकफिक्सले जारी गरेको फोटोमा दुईवटा क्यामराको सेटअपका साथै २५६ जीबी इन्टरनल मेमोरीको चिप पनि देख्न सकिन्छ।
एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको टेक वेबसाइट सिनेटले जनाएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.