काठमाडौं, असार ८ । नेपाली सेनाले आफूसँग भएका सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ ।
रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रयोजनमा समेत आफ्ना हेलिकोप्टर र जहाजबाट चार्टर उडान गर्ने भएको हो ।
रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत रुपमा व्यापारिक उडान सुरु गर्नेछ ।
नेपाली सेनाको हवाई महानिर्देशनालयमा एउटा सुपर पुमा, दुईवटा एलुएट, तीनवटा एमआई–१७, दुईवटा इक्वेरल, दुईवटा वेल र एउटा एलएच गरी ११ वटा हेलिकोप्टर चालु अवस्थामा छन् भने एउटा अर्को स्काइ ट्रक संचालनमा छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...