-->
चोटै चोटको भारीमा रुमलिए काबुलमा मारिनेका परिवार
Advertisement

पर्वत / लमजुङ । अफगानी राजधानी काबुलमा आतंकवादी आक्रमणमा पर्वत कार्कीनेटा ६ का ३७ वर्षीय नवीनसिंह क्षत्री र पाङ २ कुनाचौरका विदुरबहादुर सुवेदीको मृत्यु भएको छ । 

 

घटनाबारे दुवै परिवारले मंगलबार मात्रै जानकारी पाएका छन् । शोकमग्न परिवारले शव छिटो ल्यादिन सरकासँग आग्रह गरेका छन् । क्षत्री एक महिनाअघि छुट्टिमा आएका थिए । छिमेकी भवनीप्रसाद शर्माका अनुसार ०५७ मा उनी सशस्त्र प्रहरीमा भर्ती भएका थिए । द्धन्द्धका बेला माओवादी आक्रमणमा घाइते भए । अवधि नपुग्दै एक तह बढुवा गरेर ०६४ मा अवकाश दिइएको थियो । दुई वर्षपछि अफगानिस्तान गएका थिए ।

 

काठमाडौंको कपडा पसल पत्नीलाई जिम्मा लगाएर उनी क्यानेडेली कम्पनीमा राम्रो अफर आएपछि त्यता गएको भाइ दण्डबहादुरले बताए ।


गाउँमा सन्नटा 


प्रहरीको असइबाट पेन्सन निस्किएपछि लमजुङ, अर्चलबोट ९ साँखरका अमृतबहादुर थापा मलेसिया गए । छोराछोरीलाई पढाउने र घरव्यवहार चलान पेन्सन र मलेसियाको जागिरले नपग्ने भएपछि उनी ४ वषैअघि अफगानिस्तानको काबुल पुगेका थिए । श्रमती दूर्गा मूर्छित छिन् ।

 

बीपी कोइराला मेमोरियल अस्पताल धरानमा एमबीबीएस पढ्दै गरेको छोरा मिरोज मंगलबार बिहान आइपुगे । कान्तिपुर दैनिकमा समाचार छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.