-->
छोराले मानसिक सन्तुलन गुमाएपछि उपचारको लागी सहयोगमाग्दै हिडेकी आमा आफै असन्तुलित
Advertisement

रुपन्देही ५ असार- नि स्वार्थ माया सन्तान प्रति आमाकै रहन्छ चोट लाग्दा सन्तानलाई आमालाई नै दुःखछ भन्ने भनाई अहिले सार्थक भएको छ । - 


पाल्पा जिल्लाको चिदीपानी गाविस ३ की कल्पना गिरीको एक मात्र छोराले आफ्नो मानसिक सन्तुलन गुमाएपछि उनी अहिले आफै असुन्तिलित बनेकी छिन् ।एक छोरा र एक छोरीकी आमा कल्पना छोरोको स्थिती नाजुक बन्दै गएपछि आफन्त र राजनितिक दलका नेता, सर्वसाधरणहरुसगँ छोराको उपचारको लागि सहयोगको याचना गर्दै भौतारीरहेकी देखिन्छ ।


उनका १९ वर्षीय छोरा गोविन्द गिरीको मानसिक सन्तुलन विग्रिएपछि छोराको उपचारको लागि आर्थिक संकलनका लागि उनी पाल्पा जिल्लाको गाउँटोल हुदै रुपन्देही जिल्लाको भैरहवा सम्म आइपुगेकी छिन् ।
उनले छोराको उपचारको लागि आफन्त र नेतालाई गुहारेपनि कसैले सहयोग नगरेको कारण आफुले सर्वसाधरण सगँ सहयोग याचना गर्दै आर्थिक संकलन गरिरहेको बताउँछिन् ।


उनी भन्छिन् आज आफन्तले सहयोग गरेको भए मेरो छोराको समयमा उपचार हुने थियो । हिजो मेरो परिवार सकुशल रहदा भएका आफन्तहरु पनि चाड पर्वमा आइरहन्थे । दैनिक जसो फोनमा कुराकानी भइरहन्थ्यो । लाग्थ्यो म सबै कुरामा सम्पन्न छु । तर आज मेरो छोराको मानसिक सन्तुलन गुमेपछि मैले उसको उपचारको लागि आफन्तसगँ सहयोगको याचना गर्दा सबै पराइ भइदिए ।


मेरा आफन्तहरु सबै सम्पन्न छन् काठमाण्डौँ, पोखरा, वालिङ, सहित चिदीपानीमै रहेको सहोदर दाजुभाईले समेत फर्केर हेरेनन् । मेरा आफ्नै माइतीहरु समेत म बाट टाढिएको उनी बताउँछिन् ।
यसै निर्वाचन क्षेत्र नम्बर २ बाट (चिदीपानी गाविस) निर्वाचित भएर सांसद बनेका हालका उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई समेत पटक पटक सहयोगको याचना गर्दा समेत उनले ढाटछल मात्र गरे तर व्यवाहरिक रुपमा कुनै सहयोग उपलब्ध गराएनन् ।


२०७२ साल मंसिर महिना देखि विरामी छोरालाई घरमा भएका सबै जायजेथा विक्री गरेर ललितपुरको पाटनमा अस्पतालमा उपचार गर्न पुगेपनि उद्योग मन्त्री पाण्डेले न त अस्पतालमा कुनै भनसुन गरिदिए न त कुनै सहयोग नै गरेको उनी गुनासो पोख्छिन् । उनले मन्त्री पाण्डेलाई पटक पटक टेलिफोन सम्पर्क गरेर सहयोगको याचना गरेपनि सुरुका दिनका गाउँ आएर सहयोग गर्ने आवश्वान दिएका पाण्डे न त गाउँ आए न त आवश्वासन दिए अनुसार सहयोग नै उपलब्ध गराएको बताइन् ।


भोट माग्ने बेलामा हात जोड्दै घरको दैलोमा आइपुगेका मन्त्री पाण्डेले समेत टाढा भएपछि संसारै स्वार्थी रहेछ भन्दै उनी अहिले छोराको उपचारको लागि आम सर्वसाधरणको घरदैलोमा ५-१० रुपैयाको सहयोग माग्दै हिडिरहेकी छिन् ।


उनी भन्छिन् के गर्ने मेरो छोरालाई निको गर्नका लागि आफु सबै त्याग गर्न तयार रहेको छु । आश गरेकाहरु टाढा भएपनि सर्वसाधरणहरुले दिएको ५-१० रुपैयाले चार पटक पाटन अस्पतालका डाक्टर प्रविण भटट्राईसगँ पुराए ।


अहिले महिनाका एक पटक पाटन अस्पतालबाट बुटवल आउने गरेका डाक्टर भटट्राईसगँ बुटवलमै छोराको चेकजाँच गराइरहेको गिरी बताउँछिन् । न त अस्पताल उनको छोराको उपचारमा कुनै छुट दिन्छ न त डाक्टरले गरेको चेकजाँचमा नै छुट हुन्छ । तर उनले आफ्नो मनको व्यथा सबैलाई सुनाएकी छिन् ।
सहयोग माग्दै हिड्ने क्रममा भैरहवामा संञ्चारकर्मी संगको भेटमा उनले छोरोको उपचारको लागि १० रुपैयाँ माग्दै अगाडी बढ्न खोजेकी थिइन ।


उनको सोधीखोजी गर्दा बल्ल थाहा भयो उनी वास्तवमै पिडित रहेकी छिन्  । उनको प्रत्येक शब्दमा आँशुका धाराहरु बगिरहेका हुन्छन् । अझै भन्दै थिइन बाबु कसैले ऋण दिए त छोरालाई भारतको गोरखपुर र राँची लैजाने थिए । सबैले त्यहाँ छोरा निको हुन्छ भन्छन् ।


तर के गर्ने म अभागी रैछु छोरो ठुलो भएर मेरो साहारा बन्ला भनेको त आज उसको हालत नै नाजुक भयो । आमा म ठुलो भएपछि हजुरलाई सुख दिनेछु हिजो भन्ने छोराले आज मलाई नै चिन्दैन झम्टिन आउँछ के गर्ने बाबु जति भएपनि मेरा छोरा हो । म उसकोलाई मर्न पनि तयार छु । कहिले काहि लाग्छ आत्महत्या नै गरौ तर के गर्ने म मरे भने छोराको रेखदेख कसले गरिदेला । भन्दै उनी भक्नानिन् ।


पाल्पा जिल्लाको चिदीवानी गाविस कार्यालय समेत कार्यालयको चलानी  नम्बर १४० मार्फत गाविस सचिव कुल प्रसाद अर्यालको हस्ताक्षरित पत्रमा छोराको उपचारको लागि सहयोग गरिदिनका लागि सर्वसाधरण माझ सिफारिस गरेको छ । उनलाई सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्थाले पाल्पाको चिदीपानी गाविस कार्यालय र उनको मोबाइल नम्बर ९८००७४५१६९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।  

(स्रोत डि सी नेपाल) 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.