काठमाडौं – नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेकाहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
शुक्रबार काठमाडौंसहित १० जिल्लाबाट पक्राउ परेका डाक्टर हरुलाई प्रहरीले आईतबार अदालत उपस्थित गराएको थियो । ‘डाक्टरहरुको पाँच दिन म्याद थप भएको छ’ केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले भने, ‘डाक्टरहरुविरुद्ध ठगीको मुद्धा दर्ता गरेका छौं ।’ नक्कली सर्टिफिकेटका आधारमा विभिन्न स्वास्थ्य संस्थामा बर्षैं काम गरेका डाक्टरहरुले धेरैलाई ठगेको प्रहरीलको भनाई छ । ratopati



0 comments
प्रतिक्रिया दिनुहोस्...