युएई, असार ६ – संयुक्त अरब एमिरेट्स युएईको आबुधाबीमा भएको रवी क्यालियोट स्मृतिकपको उपाधी नेपाली खेलाडीको टोलीले जितेको छ ।
चार एसियाली देशका टोलीको सहभागितामा रहेको प्रतियोगितामा नेपाली टिमले उपाधि जितेको हो । दुबईमा रहेका नेपालीको टोली अल बुतिना क्लबले
पाकिस्तानको खान क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो । विजेता बनेको नेपालले शिल्डसँगै एक लाख ५० हजार नेपाली रुपैयाँ नगद पुरस्कार जितेको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र फिलिपिन्सका टोलीको सहभागिता थियो । केरेला सोसियल सेन्टर आबुधाबीमा भएको खेलमा नेपाली टोली इश्वर घमालको नेतृत्वमा सहभागी भएको थियो ।
नेपाली टोलीको व्यवस्थापन आबुधाबीमा कार्यरत नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी दान बहादुर जिसी तथा आयोजक र खेलाडी बिचमा सहजीकरण हिरा लाल श्रेष्ठले गर्नुभएको थियो ।
नेपाली टोलीमा प्रताप खवास, झोम थापा, प्रेम शाही, खुसी चौधरी, डायमण्ड बस्नेत, अम्मर गिरी, सन्तोष गुरुङ, मोहन खड्का, बोम थापा र विष्णुकुमार श्रेष्ठ थिए ।
Ujyaalo90 network बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...