काठमाडौ । फुटबल खेलाडी विमल घर्ती मगरले बहिनी मनिषाको हत्यालाई प्रहरीले आत्महत्या भनेर छानबिन फितलो पारेको आरोप लगाएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ – एक महिना पुग्न लाग्दा पनि संलग्नलाई कारबाहीको साटो आत्महत्या नै हो भनेर अभियुक्तलाई चोख्याउन खोजेको आरोप उनले लगाए ।
‘हत्यारालाई कारबाही माग’ गर्दै आइतबार प्रहरी र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन गएका विमलले मनिषाको हत्या नै भएको ठोकुवा गरे ।
‘प्रहरीसँग जानकारी माग्दा अनुसन्धान भइरहेको जवाफ दिन्छन,’ उनले भने, ‘घटनाको राम्रोसँग अनुसन्धान गरेजस्तो लागेन ।’
मनिषाको हत्याको आरोपमा पक्राउ परेका आशिष भनिने रुद्रनारायण चौधरीबाहेक अरु कोहीमाथि आफ्नो परिवारले शंका नगरेको उनले प्रस्ट्याए ।
‘अरु कसैमाथि शंका छैन, उसैले गरेको हो,’ उनले भने । प्रहरीले आत्महत्या भनेर प्रचार गरेकोमा दुःख लागेको जनाउँदै आफूहरुले न्याय नपाएको दुःखेसो पोखे ।
घटना देख्ने कसैले पनि आत्महत्या भन्न नसकेको दावी गर्दै राम्रोसँग र सुक्ष्म तरिकाले छानबिन गर्न माग गरे ।khabardabali



0 comments
प्रतिक्रिया दिनुहोस्...