-->
नेपालस्थित दूताबास बन्द गर्ने डेनमार्कको घोषणा
Advertisement

काठमाडौं, १४ असार । काठमाडौंमा झण्डै २५वर्षअघिदेखि दूतावास स्थापना गरी नेपालसँग नजिक भएको डेनमार्क टाढिएको छ । नेपालको विकास साझेदार मुलुक डेनमार्कले आफ्नो कार्यक्रम सकिएको भन्दै काठमाडौंस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ ।gosana

डेनमार्कले सन् २०१७ को अन्त्यसम्मका लागि काठमाडौंस्थित दूतावास बन्द गर्ने घोषणा गरेको हो । काठमाडौंस्थित दूताबास बन्द गरिएपछि अब डेनमार्कको भिसाका लागि नेपालीहरु भारतको नयाँ दिल्ली जानुपर्नेछ । अब डेनमार्कको नयाँ दिल्लीस्थित दूतावासले नेपाल मामिला हेर्ने भएको छ ।

सन् २०१८ बाट डेनमार्कले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फत नेपाललाई हेर्ने जनाएको छ ।

यसअघि इटाली, इन्डोनेसिया, लिबियाले दूतावास सञ्चालनमा ल्याएको केही वर्षपछि बन्द गरेका थिए । पछिल्ला समय बेलायत र फ्रान्सले काठमाडौंबाट दिँदै आएको कन्सुलर सेवा नयाँदिल्लीमा सारेका छन् ।

युरोपेली युनियन (इयु) बाट हट्ने निर्णय बेलायतको निर्णयपछि नेपालको विकास साझेदार अन्य मुलुकहरु पनि टाढिने सम्भावना रहेको परराष्ट्रमामिलाका जानकारहरु बताउँछन् ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.