-->
नेपालका उपप्रधानमन्त्री भन्दा भारतीय राजदूतको मर्यादा माथि
Advertisement

अर्घाखाँची, असार १४ – अर्घाखाँचीमा उपप्रधान मन्त्री टोपबहादुर रायमाझीको भन्दा भारतीय राजदुत रञ्जित रेको मर्यादाक्रम माथि राखेर शिलालेख निर्माण गरिएको छ ।

भारतीय राजदूताबासको सहयोगमा निर्माण भएका जिल्लाका तीन विद्यालयका शिलालेखमा मर्यादाक्रम भंग गरिएको हो । 
तर उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आफै कार्यक्रममा उपस्थित भएर विद्यालय भवन र शिलालेखको उद्घाटन गर्दा समेत कुनै प्रतिकृया जनाउनुभएन । सन्धिखर्कको चुत्राबेसी जनज्योती उच्च मावि, बागीको शान्ती उच्च मावि र अर्घाको अर्घा रजस्थल माविमा निर्माण भएका भवनको शिलालेख राजदूत रेलाई माथि र उपप्रधान मन्त्री रायमाझीलाई तल राखेर निर्माण गरिएको हो ।

अहिले जिल्लामा यही विषय चर्चाको विषय बनेको छ । शनिबार बागीको शान्ती उच्च मावि तथा आइतबार सन्धिखर्कको जनज्योती उच्च मावि र अर्घाको अर्घा रजस्थल माविको भवन शिलान्यास भएको थियो ।

उपप्रधान मन्त्रीको मर्यादा विपरित भएको भनेर विद्यार्थी संगठनले जनज्योती उच्च माविमा निर्माण भएको भवन शिलालेखमा कालो पोतेको नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेले बताउनुभयो । जिल्लामा कृयाशिल विद्यार्थी संगठनहरु नेविसंघ, अखिल, अखिल क्रान्तीकारी, अखिल छैठौं, र अखिल (विपल्प) समूहले विद्यालयमा तालाबन्दी गरी कालोपोतेका हुन् । तत्काल शिलालेख सच्चाउन विद्यार्थी संगठनले माग गरेको अखिलका जिल्ला अध्यक्ष प्रदिप नेपालीले बताउनुभयो । ujyaalo online 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.