-->
यी हुन् टेलिकमका हाकिमको कुटाइबाट घाइते मजदुर, झण्डै ज्यान गयो
Advertisement

कञ्चनपुर, ३ असार । नेपाल टेलिकम शाखा कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख रुपबहादुर रावलले आफ्नै घरमा काम गरिरहेका एक मजदुरलाई कुटपिट गरेका छन् ।
लेनदेनको विषयलाई लिएर कार्यालय प्रमुख रावलले बुधबार मजदुर युवराज राईलाई कुटपिट गरेको हो । भीमदत्त नगरपालिका ३ खैरेनी घर भएका रावलले आफ्नो घर निर्माणको काम गरिरहेका राईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।hakim
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले टेलिकम कार्यालय प्रमुख रावलको कुटपिटबाट राई घाइते भएको बताए । ‘कार्यालय प्रमुखले यसरी मजदुरमाथि कुटपिट गर्न नहुने हो’, उनले भने, ‘खै कुटपिट गरे किन ?’ रावलले प्रहरी समक्ष राईलाई कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट रावलको कान र टाउको चोट लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । बिहीबार राति ९ः४५ मा अस्पताल भर्ना भएका रायलाई महाकाली अञ्चल अस्पताल ईमर्जेन्सी शाखाले कानको सिटी स्केन र न्यूरो डाक्टरबाट उपचार गराउन रिर्फर गरेपनि आर्थिक अभावका कारण राई ब्याड भर्ना भएका थिए ।
राईका दाई प्रेम राईले प्रहरीमा उजुरी दिएपछि पीडितका आफन्त, ठेकेदार, किसान पार्टीका नेता र कञ्चनपुर प्रहरीवीच बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घाइतेको उपचार गर्ने सहमति भएको छ । घाइतेको उपचार र उपचारको समयमा मजदुरले दैनिक पाउने पारिश्रमिक दिने सहमति भएपछि टेलिकम प्रमुख रावलले मजदुरको उपचारका लागि गेटा आँखा अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज लगेको ठेकेदार प्रकास नाथले बताए ।
उनका अनुसार आफूले रावलको घरमा ढुङ्गा बिछाउनका लागि ठेक्का लिएपनि मजदुरहरुले आफूलाई जानकारी नदिएर अतिरिक्त रु. २० हजारको मार्बल बिछाउनका लागि काम गरेर र सोही पैसा माग्दा उनीमाथि कुटपिट भएको बताए ।
घाइते राईले आफूले पैसा माग्दा रावलले एकाएक आएर कुटपिट गरेको बताए । ‘मैले रावल सरसंग पैसा मागे, उनले कुटपिट गरे’, उनले भने, ‘काम गरेको पैसा माग्दा पनि कुटिनुप¥यो ।’ उदयपुर घर भएका राईको परिवार महेन्द्रनगरमा डेरा गरेर मजदुरी गर्दै आएका छन् । राईका श्रीमती सहित दुईछोराछोरी छन् । दैनिक मजदुरी गरी जोहो गर्ने मजदुरलाई यसरी जिम्मेबार पक्षबाट कुटपिट हुनु दुखद हो ।
नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख रुपबहादुर रावलले संचारकर्मीसित मजदुरसँग समान्य कुराकानी हुँदा आफूमाथि राई उल्टै आक्रमणमा लागेको बताए । ‘मैले पिटेको होइन्, हातले छेक्दा रायलाई चोट लागेको हो ।’ उनले भने ‘मेरो दशा खराब भयो’, टेलिकम कर्मचारी लगायत बुद्धिजीवीहरुले कार्यालय प्रमुखले मजदुरमाथि हात छोड्न नहुने तर्क गरेका छन् ।
यसरी मजदुर कुटिदा पनि मजदुरको नाममा राजनीति गर्नेहरु चुप बसेका छन् । कांग्रेस, एमाले, माओवादी, विप्लव माओवादी, जनमोर्चा, फोरम लगायत निकट मजदुर संगठनहरु पनि चुप बसेका छन् । नेपाल किसान पार्टीका संयोजक सिरोमणि ओझाले मजदुरमाथीको अत्याचार भएको बताए । मजदुरमाथि हुने अत्याचार अझै नरोकिएको उनको भनाई छ ।
आदिवासी नेता कीर्तिबहादुर थापा मागरले घटनाप्रति खेद प्रकट गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्बाहीको माग गरेका छन् । ‘यो सरकारी कर्मचारीहरुको रबैया हो, अझैपनि गरिबका छोराछोरी मजदुरमाथिको दमन रोकिएको छैन् ।’ उनले भने, ‘यस घटना हुन नदिन सबैले सचेत हुनुपर्छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.