-->
बिजुलीको बिल देखेपछि पूर्वराजा ज्ञानेन्द्रले भने ‘नन्सेन्स’
Advertisement

काठमाडौं । झण्डै –झण्डै करोडको बक्यौता भेट्ने एउटा बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ– विगत तीन वर्षदेखि हरेक महिना मरेर नयाँ महिना पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सुनेर पूर्वराज ज्ञानेन्द्र शाह तनावयुक्त भावमा ‘नन्सेन्स’ को टिप्पणी गर्दै थिए ।
बिहीवार विहानै देखि आमाको स्वास्थ्यका कारण उत्पन्न तनाव हल नहुँदै प्राधिकरणको बिल पुगेपछि उनी थप तनावमा पुगी क्रुद्ध भएका थिए । दुई वर्षअघि ज्ञानेन्द्रका नीजि सचिव सागर तिम्सिना र रत्नका नीजि सजिव सम्भु अधिकारीले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग भेटेर महेन्द्र मञ्जिलमा प्रयोग हुने विजुलीको तार नारायणहिटी दरबार संग्रहालयबाट तानिएको र त्यसको बिल पनि उतै पठाउन अनुरोध गरेका थिए ।
khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.