-->
महिनावारी रोक्ने औषधि प्रयोग गर्दा के हुन्छ ?
Advertisement

mahinawariमहिलाहरु कामकाजी हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन् । यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन । यस्ता औषधी स्वास्थ्यका लागि हानीकारक हुन्छन् ।

हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । त्यसैले यसले शरीरमा असर गर्दछ ।’ यस्ता  औषधीलाई महिनावारी तलमाथि पार्न सक्दो प्रयोग गर्नुहुदैन । यस्ता औषधिले विवाहित वा अविवाहित सबै महिलालाई असर गर्छ ।

तपाइसँग पनि यस्तो कुनै स्वास्थ्य जिज्ञासा छ भने हामीलाई healthnewspaper@gmail.com मा इमेल गर्नुहोस् । सम्बन्धित चिकित्सकको जवाफ सहित प्रकाशित गरिने छ ।(Swasthyakhabar Patrika) 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.