अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपालीका परिवारलाई सरकारले बिमा र अन्य रकम गरी कूल दश लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ।
विशेष परिस्थिति भएकाले गैर कानुनी रुपमा अफगानिस्तान गएको भएपनि त्यस्ता मृतकका परिवारलाई समेत दश लाख रुपैयाँ उपलब्ध गराउने श्रम मन्त्री दिपक बोहोराले बताएका छन्।
अफगानिस्तान लगायतका गृहयुद्ध चलिरहेका अति खतराजन्य मुलुकमा जान अब रोक लगाउने निर्णय हुनसक्ने बताइएको छ
उनी भन्छन्, “अमानवीय आतंककारी आक्रमणमा मारिएको यो विशेष परिस्थिति भएकाले हामीले अवैधानिक रुपमा गएको भएपनि हरेक मृतकका परिवारलाई दश लाख रुपैया उपलब्ध गराउनेछौं।”
रकम घर घरमा पुर्याइने मन्त्री बोहोराले बताएका छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...