के भने कृष्णाले ?
कृष्णा भन्छन्, ‘मैले मामालाई आफ्नो शोमा आउनका लागि भनेको थिएँ । तर, उनले डेट नभएको कारण आउन मान्नुभएन । चार दिनअघि पनि मैले फेरि उनलाई फोन गरेको थिएँ । तर मैले त्यतिबेला थाहा पाएँ कि उनी मामीसँग कपिलको शोको सुटिङ गरिरहेका रहेन् ।’
यो थाहा पाएर आफूलाई निकै दुःख लागेको उनले बताए । ‘मलाई लागेको थियो उनले मलाई सहयोग गर्नेछन्,’ उनले भने ।
कमेडी नाइट लाइभ नामक शोको दौरान कृष्णाले गोविन्दालाई आफ्नो मामा राखेको भन्दै टिप्पणी गरेका थिए । ‘सायद यही भएर उनी मसँग रिसाएका हुनसक्छन् । मैले यो विषयमा उनलाई सम्झाउन पनि खोजेका थिए,’ कृष्णाले भने, ‘मैले वहाँलाई मामा भन्दा मेरो स्टाटस बढ्छ । मलाई आफूलाई गोविन्दाको भान्जा भन्नु कुनै लाज छैन । यो मेरो दोस्रो पहिचान हो ।’
गोविन्दाको भनाई यस्तो छ
गोविन्दा भने कृष्णाले आफ्नो शोमा अन्य मानिसको खिल्ली उडाएर पैसा कमाउने गरेको बताउँछन् । ‘म कृष्णाको ‘मामा राखेको छु’ भन्ने कमेन्टले रुष्ट छु,’ उनले भने, ‘मैले कृष्णालाई यस विषयमा कुरा पनि गरेको छु । आफ्नै परिवारको सदस्यको सार्वजनिक स्थानमा खिल्ली उडाएको म सहन सक्दिन । मलाई उसमाथि थप भरोसा छैन ।’
गोविन्दाका अनुसार कृष्णाले सलमान र शाहरुख खानको मजाक उडाएको पनि मन नपर्ने बताएका छन् ।
‘के अब कृष्णाको शोमा जानुहुन्छ त ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्, ‘जान सक्छु तर यसको लागि म धेरै पैसा लिन्छु । सायद तीन गुणा बढी ।’
उनले कृष्णालाई आफ्नो गल्ती महसुस गराउन चाहेको बताए ।
‘दुई वर्ष अघि म कृष्णाको शोमा आफ्नो म्युजिक एल्बमको प्रबद्र्धन गर्नका लागि गएको थिएँ । त्यतिबेला मलाई पुरै स्क्रिप्ट मलाई हेपेको जस्तो लाग्यो । स्क्रिप्टमा यस्तो थियो कि मेरो टाइम सकियो अब रिटायर हुनुपर्छ,’ गोविन्दाले भने, ‘पछि मैले आफ्नो लेखकको नियुक्ति गरे तर उसले काम छाड्दै कृष्णासँग धेरै पैसा कमाउन चाहेको बताए । मैले बुझिन कि गोविन्दा र कृष्णामा कस्तो प्रतिस्पर्धा ?’


0 comments
प्रतिक्रिया दिनुहोस्...