-->
किड्नीमा स्टोन हुन नदिन
Advertisement

प्रशस्त पानी खानुपर्छ किड्नीमा स्टोन भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी खानुपर्छ । पानी प्रशस्त खाने गर्नाले स्टोन बन्ने खनिज पदार्थ शरीरबाट पिसाबमार्फत जान्छ । कागती कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी खाँदा स–साना स्टोन फुटेर पिसाबमार्फत

निस्किन्छ । अनारको जुस अनारको जुसमा किड्नी स्टोनबाट राहत दिने तत्व हुन्छन् । त्यसैले किड्नीमा स्टोन भएकाहरूले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु राम्रो हो । राजमा राजमा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन ‘बी’ र मिनरल्र्स पाइन्छन्, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै, यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ । तुलसी किडनीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु रामो हो । किड्नीमा स्टोन छ भने एक चम्चा तुलसी पातको रस र मह एकसाथ पिउनुपर्छ । छ महिनासम्म दिनहुँ यसरी तुलसीको पात र मह मिसाएर खाँदा पथरी निस्किएका उदाहरण धेरै छन् । खानपिन सुधार्ने किड्नीमा स्टोन छ भने सोडा, इनर्जी ड्रिंक्स, प्रसोधित खाद्य, जाँडरक्सी कम गर्नुपर्छ र फलफूल तथा तरकारीको मात्रा बढाउनुपर्छ । खाना बार्ने चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलोजस्ता खानाले स्टोन बढाउने भएकाले यस्ता खाना बार्ने गर्नुपर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.