-->
आज धान दिवसः अघिल्ला कृषिमन्त्री र अहिलेका कृषिमन्त्री !
Advertisement

krishi manrtiकाठमाण्डु, १५ असार– असार १५ अर्थात सरकारले मनाउने गरेको धान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मानो रोपेर मुरी फलाउने बेलाको रुपमा बर्खायामलाई लिइन्छ । असार १५ को अवसरमा पर्यटकीय नगरी पोखरादेखि काठमाण्डु आसपासमा धान रोपाईका कार्यक्रम हुँदैछन् ।

धान दिवसको चर्चा गरिरहँदा अघिल्ला कृषिमन्त्री हरि पराजुली र अहिलेका कृषिमन्त्री हरिबोल गजुरेलको सन्दर्भ स्वभाविक रुपमा आउँछ । अघिल्लो वर्षको असार १५ का अवसरमा काठमाण्डुको मुलपानीमा कृषि विभागले आयोजना गरेको धान रोप्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका कृषिमन्त्री हरि पराजुलीले खेतमै महिलाहरुसँग अश्लिल हर्कत गरे । जसका कारण मन्त्री पराजुलीले पदबाटै हात धुनु पर्यो ।

तत्कालीन कृषिमन्त्री पराजुलीको छवि एमालेमा ‘स्त्रीलम्पट’को रुपमा थिएन । तर दशा लागेपछि कसको के लाग्छ र ? साढूँदाई पर्ने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको बलमा कृषिमन्त्री बनेका पराजुलीले गरेको हर्कतले ठीक एक वर्ष अघि मुलुक नै तरंगीत भएको थियो ।

वर्ष बदलियो, सरकार पनि अहिले बदलिएको छ । कृषिमन्त्री पनि फेरिएका छन् । मान्छे फेरिए पनि कृषिमन्त्रीमा पहिले पनि हरि थिए, अहिले पनि हरि नै छन् । अर्थात हरि पराजुलीको स्थानमा अहिले हरिबोल आएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले कृषकलाई पेन्सन कार्यक्रमको नारा दिएर चर्चा कमाउन खोजेका थिए । तर त्यो विकासे नाराभन्दा बढी चर्चा उनले सिनेमा हलमा रोएर प्राप्त गरे । चलचित्र राहदानीमा गाई मरेको दृश्यले आफ्नो मनलाई छोएको र थाम्न नसकेपछि भक्कानो छुटेको मन्त्री गजुरेलले प्रतिक्रिया दिएका थिए । उनका आलोचकहरुले मन्त्री रोएको शन्दर्भलाई नाटकको संज्ञा दिँदै भने– जनयुद्ध नामक हिंसात्मक विद्रोहमा मान्छे मारिँदा नखसेको आँशु चलचित्रमा गाई मरेको दृश्य देखेर झर्नु देखावटी मात्रै हो ।(kathmandu today ) 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.