-->
बेलले भने,‘रोनाल्डोको कुनै सल्लाह चाहिँदैन मलाई’
Advertisement

वेल्सका कप्तान तथा रियल मड्रि क्लबका एट्याकिङ प्लेयर ग्यारेथ बेलले पोर्चुगल तथा रियल मड्रिडक स्टाइकर क्रिस्यानो रोनाल्डोसँग आफुले केही कुरामा सुल्लाहा लिन नचाहने बताएका छन् ।   युरो कपमा तीन खेलमा लगातार तीन गोल गरेका बेलले फ्रिकिकको मामिलामा आफ्नै शैली भएको र रोनाल्डोसँग केही सल्लाह लिन नपर्ने बताएका छन् ।   पोर्चुगलबाट एक गोल पनि नगरेका रोनाल्डोले दुई खेलमा पाएका एउटा पनि फ्रिकिकको सदुपयोग गर्न सकेका छैनन् ।   रोनाल्डोभन्दा आफु धेरै फरक रहेको बताउँदै आइरहेका वेलले भनेका छन्,‘मैले फ्रिकिकबाट गोल गर्न रोनाल्डोको कुनै सुझाब लिएको छैन । लिन पनि चाहान्न । गोल गर्ने मेरो आफ्नै कला छ ।’   तर धेरैले उनको खेल्ने शैली भने रोनाल्डोसँग मिल्ने बताउँदै आइरहेका छन् । वेलले भनेका छन्,‘मलाई आफ्नै फुटबल खेल्ने स्टाइल मनपर्छ ।’ 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.