-->
भोली नेपालभर यातायात बन्दको घोषणा, लामो दूरीका सवारी चल्न छाडे
Advertisement

फाइल तस्वीर
काठमाडौं, १२ जेठ । दुर्घटना न्यूनीकरण गर्ने भन्दै सरकारले जरिवाना बढाउनुका साथै नयाँ नियम लागू गरेपछि आन्दोलनमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आफ्नो बिहीबारको चक्काजामलाई सहयोग गर्न अपील गरेको छ ।
काठमाडौंको बल्खुमा आज बिहान बसेको महासंघसहित विभिन्न संघसंगठनको संयुक्त बैठकले बिहीबारको चक्काजाममा रातो नम्बर प्लेटका सवारी साधनलाई पनि नचलाउन आग्रह गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘सरकारले हाम्रा मागप्रति ध्यान नदिएपछि आन्दोलन गर्न बाध्य भएका छौँ’, उहाँले भन्नुभयो, ‘बिहीबार बिहान ५ बजेदेखि साँझ पाँच बजेसम्म मुलुकभरि चक्काजाम हुनेछ ।’
शान्तिपूर्ण रुपमा गरिने चक्काजामका क्रममा अत्यावसेक सेवालाई भने चल्न दिने सिटौलाले बताउनुभयो । लामो दूरीका सवारीलाई आजैदेखि नचल्न आग्रह गरेको उहाँले बताउनुभयो ।
सरकारले आफ्ना मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए जेठ १४ गते पुनः अर्को बैठक बसेर अनिश्चितकालीन चक्काजामतर्फ कदम उठाउन सक्ने महासचिव सिटौलाले चेतावनी दिनुभयो ।
सरकारले आफूहरुको चक्काजामलाई लिएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको महासंघले शान्तिपूर्ण प्रदर्शनका क्रममा दमन भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयं सरकार जिम्मेवार हुने चेतावनी दिएको छ ।
सरकारले चक्काजामलाई निस्तेजपार्न सबै प्रकारको तयारी गरेको जनाएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरेर सवारी साधन चलाउन आग्रह गरिसकेको छ ।


Advertisement
, , , , , , , , , , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.