-->
अर्जेन्टिनी राष्ट्रपतिद्वारा मेसीलाई राष्ट्रिय टिम नछोड्न आग्रह
Advertisement

messi-1-660x330ब्युनर्स,आयर्स। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले लियोनल मेसीलाई सोमबार भएको कोपा कप फुटबलको प्रथम स्थानका लागि भएको चिलीसंगको खेलमा अर्जेन्टिनाको निराशाजनक हारपछि राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी लिएको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।

अर्जेन्टिनी फुटबल टिमका क्याप्टेन तथा बार्सिलोनाका सुपरस्टार फुटबलर मेसीले हारपछि सन्यासको घोषणा गर्नुभएको थियो । प्रथम स्थानका लागि भएको प्रतिस्पर्धामा मेसीको पेनाल्टी सुट गोलपोस्टको केही माथिबाट गएपछि आँखाभरी आशु लिई मैदानबाट बाहिरिएका सुपरस्टार मेसीले सन्यासको घोषणा गर्नुभएको भए पनि उहाँलाई राष्ट्रिय टिमलाई अझै केही वर्ष नेतृत्व दिन अर्जेन्टिनी खेलप्रेमीलगायत विश्वभरका उहँका शुभचिन्तकले आग्रह गरेका हुन् ।म्याराडोनाले प्रतिभाशाली फुटबलर मेसीलाई खेलबाट सन्यास लिन दिन नहुने बताएको नासियोन अनलाइन पत्रिकाले बताएको हो । “मेसी विश्व च्याम्पियन बन्न रसिया जाने छन्,” उक्त पत्रिकाले म्याराडोनाको शब्दलाई उद्धृत गर्दै जनाएको छ । मेसी भर्खर २९ वर्ष पुगेका विश्व चर्चित फुटबल खेलाडी भई बार्सिलोनाका तर्फबाट विभिन्न उपाधि जित्न सफल भए पनि अर्जेन्टिनाले भने उनको नेतृत्वमा अहिलेसम्म विश्व च्याम्पियनको उपाधि हासिल गर्न सकेको छैन ।news24 Nepal 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.