
Advertisement
|
थुनचोली (ब्रा) वा पेन्टीजस्ता कुरा महिला शरीरको यौन संवेदनशील अङ्ग वा भनौं यौनाङ्गको प्रत्यक्ष सम्पर्कमा हुन्छ । यी विशेष पहिरन सामान्यत: अन्य व्यक्तिको सम्पर्कमा आएका हुँदैनन् र धुने-सुकाउने कार्य पनि प्रायश: महिलाले नै गर्छन् । यो महिलाको अन्तरंग परिहन हो । यी परिहनले स्तन वा यौनाङ्गजस्ता अङ्ग छोप्ने भए पनि त्यसको पछिल्तिरको अङ्गको परिकल्पनालाई पनि प्रोत्साहित गर्छ जुन आफैंमा यौन उत्तेजक हुन्छ । सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु प्याराफिलिया हो । यस्तो प्याराफिलियामध्ये एक Fetishism हो, जसमा यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोग गरिन्छ । उदाहरणका लागि जुत्ता, महिलाको भित्री पहिरन, पन्जा वा कोमल वस्त्र । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि त्यस्तो आकर्षण हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । कतिपय त त्यस्ता वस्तु चोरी गर्नसमेत पछि पर्दैनन् । महिलाका भित्री पहिरनको सन्दर्भमा यो प्याराफिलिया हो वा होइन भन्ने कुरामा एक मत नभएको स्थिति पनि छ
डा. सुबोध पोखरेल, सेक्सोलोजिष्ट


0 comments
प्रतिक्रिया दिनुहोस्...