-->
जोर्डनमा आईएसद्धारा आत्मघाती ट्रक वम विष्फोट, ६ जना सैनिक मारिए
Advertisement

काठमाडौं, असार १३ । जोर्डनमा इस्लामिक अतिवादी समूह आईएसले आत्मघाती ट्रक वम विष्फोट गराउँदा छ सैनिक मारिएका छन् ।

सिरियासँगको सीमा नजिक दुर्गम रुक्वान क्षेत्रमा आक्रमण गरिएको हो । यस क्षेत्रमा ५० हजार शरणार्थीको क्याम्पसमेत रहेको छ ।

आक्रमण अघि आईएसले जोर्डनको सीमा तोड्ने चेतावनी दिएको थियो । जोर्डन आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनको सदस्य राष्ट्र हो । जोर्डनको सैन्य विमानले सिरियामा आईएसविरुद्ध हवाई आक्रमण गरिसकेको छ । (एजेन्सी)


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.