युनाइटेड मोदी हाइड्रोपावरले २८ लाख ७५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ।
जसमा प्रभावित स्थानीयका लागि ११ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन हुनेछ भने अन्य सर्वसाधारणलाई १७ लाख २५ हजार कित्ता सेयर निस्कासन हुने छ।
सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटल रहेको छ।
कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ। त्यस्तै तल्लो मोदी खोला २ पनि कम्पनीले निर्माण गर्ने तयारी गरेको छ। जुन साढे १० मेगावाट क्षमताको हो।



0 comments
प्रतिक्रिया दिनुहोस्...