-->
नेपाल प्रतिको मोह: हलिउड नायिका मिसेल
Advertisement


हलिउड नायिका मिसेल योहले नेपालको सुन्दरता र नेपालीको आतिथ्यता ग्रहण गर्न फेरि पनि नेपाल बताएकी छिन् ।

नेपाल भ्रमणका क्रममा शनिबार भक्तपुर दरबार क्षेत्र पुगेकी योहले  नेपालको सम्पदा विश्वमै उच्चस्तरीय भएकाले नेपालको पर्यटन प्रवद्र्धन गर्न भए पनि फेरि नेपाल आउने बताएकी हुन् ।

संयुक्त राष्ट्रसंघका सद्भावना दूतसमेत रहेकी योहले भूकम्पको पीडाबीच पनि खुसी र सन्तुष्ट देखिएका नेपालीहरुको साथ र सहयोगको लागि आफू पुनः नेपाल आउने बताइन् । 

यसअघि तीनपटक नेपाल आइसकेकी उनले भूकम्पपछिको पुनर्निर्माण सुस्त भए पनि गतिशील रहेको प्रतिक्रिया दिइन्।

‘भूकम्पपछिको पुनर्निर्माण सुस्त छ तर गतिशील छ’, उनले भनिन्, ‘हामीले सचेततापूर्वक योजना बनाई भूकम्प पीडितहरुलाई समानुपातिक रुपमा सेवा सुविधा प्रदान गर्नुपर्छ ।’

नायिका योहले भूकम्पले क्षति पुयाएका सम्पदा पुनर्निर्माणमा हतार नगर्नसमेत सुझाव दिएकी छन् । नेपालको मौलिक वास्तुकला तथा निर्माण प्रविधि नै प्रयोग गरेर सम्पदा पुनर्निर्माण गर्नुपर्ने उनको जोड थियो ।


‘नेपाली मौलिक प्रविधि राम्रो छ, यसले समय लिए पनि मौलिक स्वरुपमै सम्पदाहरुको पुनर्निर्माण गरिनुपर्छ’, उनले थपिन् ।

उनले नेपाल आफै सुन्दर र शान्त मुलुक भएकाले हलिउड चलचित्र सुटिंग गर्नसमेत राम्रो स्थल भएको बताइन् ।
नेपाल फिल्म सुटिंग गर्ने राम्रो थलो हो, हिमाल, पहाड र तराईको समीश्रण साँच्चिकै राम्रो ठाउँ हो’ उनले भनिन्, कथाअनुसार नेपालमा पनि सुटिंग गर्न निर्माता र निर्देशकसँग आग्रह गर्नेछु ।

उनले नेपालसँगै विश्व नै गरिबी, बेरोजगारी, लैगिंक असमानता तथा जलवायु परिवर्तनविरुद्ध विश्व समुदाय एकजुट भएर अघि बढ्नुपर्ने भन्न छुटाएनन् ।
नायिका योहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको नेतृत्वको टोलीले भक्तपुर दरबार क्षेत्रका विभिन्न सम्पदाको अवलोकन गराएको थियो ।

उक्त अवसरमा नायिका योहले भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आँगछें, पचपन्न झ्याल दरबार, स्वर्णद्वार, सुन्धारा, पशुपति महादेवको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

उनले भूकम्पले क्षति पुयाएका सम्पदाको अवलोकनसँगै तिनीहरुको पुनर्निर्माण कार्यबारेसमेत चासो व्यक्त गरेका थिए।

उनलाई पर्यटनमन्त्री पोखरेलसँगै भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिका पदाधिकारीहरुले भक्तपुर दरबार क्षेत्रमा स्वागत गरेका थिए ।स्रोत नेपाल जापान 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.