
Advertisement
|
आजको राशिफल – मिति वि.सं. २०७३ साल असार १६ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ जुन ३० तारिख – स्मार्तानां योगिनी एकादशी व्रत
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। स्वादिष्ट भोजनका लागि मन आतुर रहे पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला। सवारीमा पनि सावधानी अपनाउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। बाध्यताका काममा अलमलिनुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ।अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिले त्यति साथ नदिन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने सम्भावना देखिन्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। केही समय महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, व्यवसाय तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। साथिभाइले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। मानहानिको योग देखिएकाले वादविवादमा जोगिने प्रयत्न गर्नुहोला। धैर्य एवं निरन्तरको प्रयत्नले बिस्तारै फाइदा हुनेछ।nepali patro



0 comments
प्रतिक्रिया दिनुहोस्...