-->
रजनिकान्त र ईरफानको भिडन्त,रीलीज डेट एउटै भएको फिल्महरुको पोष्टर पनि एउटै भएपछि चर्काचर्की
Advertisement

फिल्म इन्डष्ट्रिमा एकले अर्काको पोष्टर तथा अन्य गबिधिहरु कपि गर्दा बजारमा निकै नै तहल्का मच्चिने गर्दछ । त्यस्तै अभिनेता रजनिकान्तको फिल्म ’काबाली’ प्रदर्शन पहिले नै निकै चर्चामा छ । एकै साथ प्रदर्शनमा आउँदै गरेका फिल्महरु अभिनेता ईरफान खानको फिल्म’मदारी’सँग रजनिकान्तको ’काबाली’ ठ्याक्कै मिल्छ । अहिले फिल्मको पोस्टर चोरी भएको पाईएपछि रजनिकान्तको ’काबाली’ झनै चर्चाको बिषय बनको छ ।

kabali-madaari
मुम्बईमा आयोजित एक कार्यक्रममा ईरफानले नै रजनिकान्तको फिल्ममा आफ्नो फिल्मको पोस्टर चोरी भएको बोलेका पनि थिए । मिडियामा तथा सामाजिक सञ्जालमा चोरीको चर्चाले हंगामा मच्चिएपछि ’काबाली’ निर्माण टिमले भने चोरी नभएको दाबी गर्दै आएका छन् ।
फिल्म’मदारी’मा दर्जनौं भवनहरुको बीचमा ईरफानको टाउको रहेको छ भने ठ्याक्कै अर्को सुपरस्टार रजनीकान्तको फिल्म ’काबाली’मा पनि दर्जनौं भवनहरुको बीचमा रजनीकान्तको टाउको रहेको छ । दुवै पोष्टर हेर्दा उस्ता उस्तै देखिन्छन् । अहिले सम्म रजनीकान्तले पोष्टर चोरी गरेका भने स्वीकारेका छैनन् । रजनीकान्त र इरफानको फिल्म ’काबाली’ र ’मदारी’ जुलाईको १५ तारीखका एकै साथ रीलीज पनि हुदैछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.