असार ५ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि पेरिसमा शनिबार राति भएको खेल सँधैका लागि सम्झना लायक थियो । तर यो खेल उनका लागि सम्झिएर पनि बिर्सन योग्य बन्यो ।
टिम हंगेरीसँग गोलरहित बराबरीमा रोकिँनुमा उनले पेनाल्टीमा गोल गर्न नसक्नु मुख्य कारण बन्यो । युरोकपको सर्वाधिक गोलकर्ता बन्ने आशा गरिएका रोनाल्डोले अहिलेसम्म एक गोल पनि गरेका छैनन् । हंगेरीसँगको खेलमा उनले १० पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेनन् ।
तीन वटा प्रहार लक्ष्यमा पुगेर पनि गोल हुन सकेन । यसबाट पोर्चुगल निराश त भयो नै त्यो भन्दा बढी निराश छन्, रोनाल्डो । यो खेलबाट उनी राष्ट्रिय टिमबाट सर्वाधिक सहभागिताको कीर्तिमान बनाएका छन् । उनले लुइस फिगोले एक सय २७ खेल खेलेर बनाएको कीर्तिमान भंग गरेका हुन् । तर यो रात रोनाल्डोका लागि कीर्तिमान बनाएर पनि बिर्सन योग्य बन्यो ।
– एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...