बझाङ, १५ असार । बुधबार दिउसो पश्चिम नेपालमा भूकम्प भएको छ । दिउसो ३ बज्न ५ मिनेट बाँकि हुँदा बझाङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर उक्त भूकम्प भएको जानकारी केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएका छन् ।
भूकम्प गएपछि स्थानीयबासीहरु घर छोडेर बाहिर निस्केका थिए । विद्यालयमा पनि शिक्षक र विद्यार्थी आत्तिएको स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् । osnepal



0 comments
प्रतिक्रिया दिनुहोस्...