-->
भारतलाई चीनले दियो अर्काे चेतावनी- याद गर अमेरिका मात्रै विश्व हैन्
Advertisement


काठमाडौं, १४ असार । न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतलाई सदस्यता पाउनबाट रोकेको चीनले अर्काे चेतावनी दिएको छ ।
उसले अमेरिकाको समर्थन पाउँदैमा विश्वकै समर्थन पाएको नसम्झिन र फूर्ति नगर्न चेतावनी दिएको हो । एनएसजीमा चीनले भारतलाई रोकेपछि भारतीयहरुले चीनलाई नराम्रोसँग गालि र आलोचना गरिरहेका छन् । यसप्रति पनि चिनियाँ मिडियाले गम्भीर आपत्ति जनाएका हुन् ।chi
एनएसजीको दक्षिण कोरियाको राजधानी सोलमा बसेको बैठकमा भारतले सदस्यताका लागि दाबी गरेको थियो । तर, चीनले प्रक्रिया नपुगाएको भारतलाई कुनै हालतमा सदस्यता दिननहुने अडान राखेको थियो ।
एनएसजीको सदस्य हुन परमाणु अप्रसार सन्धि (एनपीटी)मा अनिवार्य हस्ताक्षर गर्नुपर्ने प्रवधान रहिआएको छ । तर, भारतले एनपीटीमा हस्ताक्षर नगरिकनै सिधै एनएसजीको सदस्यता पाउनुपर्ने प्रस्ताव अघि सारेपछि सुरुमा चीनले ठाडै अस्वीकार गर्यो । त्यसपछि विश्वका अन्य पाँच देशले पनि विरोध गरेपछि सदस्यता पाउने सम्भावना सकियो । यद्यपी अमेरिकाले सदस्यताका लागि सहयोग गर्ने आश्वासन थियो ।
चीनको आधिकारीक मिडिया ग्लोबल टाइम्सले लेखेको छ- ‘अमेरिका मात्रै पूरा विश्व हैन । अमेरिकी समर्थनको मतलब यो होइन कि भारतले पुरै विश्वको समर्थन हासिल गरिसक्यो । भारतीयहरु धेरै उर्फेका छन् । भारतीयहरुले पश्चिमा देशसँग मिलेर चीनको खुलेर विरोध गरेका छन् । भारतको अन्तर्राष्ट्रिय चाप्लुसी यिनीहरुको लागि सुखद हो ।’
चीनले भारतलाई सदस्यता दिने विषयमा चीन सहित १० देशको विरोध रहेको स्मरण गराउँदै अमेरिकाको समर्थन पाएकै भरमा विश्वकै समर्थन पाएको जस्तो गरी प्रचार नगर्न चेतावनी पनि दिएको छ ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.