-->
मधेस आन्दोलनमा मारिएका व्यक्तिका परिवार र घाइतेलाई छ करोड
Advertisement

काठमाडौं, १४ असार । तराई मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँ भन्दा बढी उपलब्ध गराइसकेको छ ।

मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहित परिवारसरह १०–१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषदको निर्णयानुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ ।

अधिकांश आश्रित परिवारले रकम बुझिसकेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मधेससहित विभिन्न आन्दोलनमा पहिचान भएका अधिकांश घाइते र तिनका कुरुवाले समेत उचार खर्च बुझिसकेका छन् ।

प्रदेशको सीमांकनसम्बनधी विभिन्न आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरी गरी ५७ जनाको मृत्यु भएको थियो ।

आन्दोलनमा घाइते भएकाहरुको सबै विवरण गृह मन्त्रालयमा अझै आइसकेको छैन ।

गृहका अनुसार ४४ आन्दोलनकारीका परिवारलाई राहत दिन रकम निकासा भइसकेको छ ।

४४ मध्ये ४० जना मधेस आन्दोलनमा मारिएका हुने भने ४ जना जुम्ला र सुर्खेतको आन्दोलनमा मारिएका हुन् ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.