-->
६ वर्षका दाजुले चलाएको गोली लागेर चार वर्षे भाइको मृत्यु
Advertisement

अमेरिकाको न्युजर्सीमा ६ वर्षका दाजुको चलाएको गोली लागेर चार वर्षका भाइको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार गत शनिबार ६ वर्षे बालक आफ्नी आमाको बन्दुकसँग खेलिरहेका थिए। अकस्मात उनले आफ्नो भाइको टाउकोमा गोली चलाए र उपचारको क्रममा अस्पतालमा ती बालकको मृत्यु भयो। 
 
अधिकारीहरुले परिवारको नाम सार्वजनिक गरेका छैनन्। घटनाबारे स्थानीय प्रहरी र बाल कल्याण परिषदले अनुसन्धान गरिरहेको छ। अमेरिकामा नागरिकले आफ्नो सुरक्षाको लागि कानुनी रुपमै बन्दुक राख्न पाउने व्यवस्था छ। बेलाबेला व्यक्तिसँग भएका यस्ता बन्दुकले मानिसहरुको हत्या हुने गरेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.