-->
पोल्यान्ड पहिलो पटक युरोकपको नकआउट चरणमा
Advertisement

पोल्यान्ड उसको फुटबल इतिहासमै पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह सी को अन्तिम भिडन्तमा युक्रेनलाई १–० ले पाखा लगाउँदै पोल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो । 

पोल्यान्डका लागि इतिहास रच्ने क्रममा बेन्चबाट आएका ब्लास्ज्स्योकोस्कीले ५४ मिनेटमा निर्णायक गोल गरे । 

उसका प्रमुख स्ट्राइकर रोबर्ट लेवन्डोस्की गोल गर्न असफल रहेका बेला ब्लास्ज्स्योकोस्कीले देशलाई पहिलो पटक नकआउट चरणमा पुर्याए । 

युक्रेनविरुद्धको जितपछि पोल्यान्ड जर्मनीसँगै समान ७ अंक भएपनि गोलअन्तरका आधार उपविजेता हुँदै समुह सी बाट अघि बढेको हो । 

युक्रेन भने तीनवटै खेलमा पराजय ब्यर्होदै घर फर्केको छ । यही समूहमा ३ अंकसहित तेस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्ड भने अन्य समूहका अन्तिम चरणका खेलको नतिजाको प्रतिक्षामा छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.