-->
अख्तियार प्रमुखलाई महाअभियोग लगाएर नहटाए अनसन बस्ने डाक्टर केसीको चेतावनी
Advertisement

काठमाडौं, असार १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर नहटाए शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ । 
आइबतार पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले अख्तियार प्रमुख नै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै तत्काल महाअभियोगद्धारा हटाउन माग गर्नु भएको हो । आफूले राखेका विभिन्न चार बुँदाका माग पुरा नभए असार २६ गतेदेखि आमरण अनसन बस्ने डाक्टर केसीले चेतावनी दिनुभयो । 

अख्तियार प्रमुख लोकमानले भ्रष्टहरुलाई संरक्षण दिँदै आफ्नो कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप पनि लगाउनु भएको छ ।  त्यस्तै माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न पनि उहाँले माग गर्नुभएको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.