-->
डुंगालाई बर्खास्त गरेको ब्राजिलले टिटेलाई नियुक्त गर्‍यो
Advertisement

असार ७ – ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षकमा टिटे (एडेर्नो लियोनार्डो बाकी) नियुक्त भएका छन् । अमेरिकामा जारी कोपा अमेरिका फुटबलबाट ब्राजिल समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक डुंगा बर्खास्तभएका थिए । 
टिटेले अब डुंगाको ठाउँ लिने छन् । टिटेले आउँदो अगस्टमा हुने रियो ओलम्पिकपछि जिम्मेवारी सम्हाल्ने छन् । ओलम्पिकमा ब्राजिलको टिमको जिम्मेवारी २० वर्षमुनिको टिमका प्रशिक्षक मिकेलले गर्ने छन् ।

कोरिन्थिएन्सको प्रशिक्षक रहँदा टिटेले दुई वटा लिग उपाधि, एउटा कोपा लिबेर्टाडोरेस तथा एउटा क्लब वर्ल्ड कपको उपाधि जितेका थिए । ५५ वर्षका टिटेले अहिलेसम्म विभिन्न १३ टिममा मुख्य प्रशिक्षकको भूमिका निभाएका छन् ।

– एजेन्सीको सहयोगमा 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.