-->
सप्तरीको सकरपुरा गाविसका १ सय २५ घर डुवानमा
Advertisement

लगातारको वर्षाका कारण आएको बाढीले सप्तरीका विभिन्न भाग डुवानमा परेका छन् । खाँडो नदीमा आएको बाढीले सकरपुरा गाविसको वडा नम्बर ६ र ७ का १ सय २५ भन्दा बढी घर डुवानमा परेका छन् ।
सकरपुरा गाविस–६ स्थित बाँध कटान गरेर बाढी गाउँतिर पसेर डुवानमा पारेको हो । बाढीले त्यहाँको झन्डै ६ विघा खेतीयोग्य जमिन कटान परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँका १ सय २५ भन्दा बढी घरमा २ फिटसम्म पानी जमेको प्रहरीले जनाएको छ ।
यसैबीच सप्तरीको महुली तथा सुन्दरी खोलामा आएको बाढीले चन्द्र नहरको गाइड बाँधलाई तीन ठाउँमा कटान गरी क्षति पु-याएको छ । बाढीले सप्तकोसी नगरपालिकास्थित तुलसी चोकमा २० मिटर, कञ्चनरुप नगरपालिकाको रघुनाथपुरमा ७० मिटर तथा त्रिकोल गाविसस्थित खण्डमा १ सय ७० मिटर जति नहरको बाँध कटान भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.