-->
चीनमा तयार भयो सीसाको पुल, घनले हिर्काएर परीक्षण
Advertisement

बेइजिङ, असार १३ । चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ ।

उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो ।

हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइएको यो पुलबाट सवारी साधनसमेत आवतजावत गर्न सक्नेछ ।

यो पुलमा सीसाका प्यानल जडान गरिएको छ । सिसाका दर्जनौं प्यानल बिछ्याएर पुलको सतह निर्माण गरिएको हो । (एजेन्सी)



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.