-->
पूर्व युवराज्ञी हिमानीको मोबाइल बजेपछि हस्याङफस्याङ
Advertisement

काठमाडौं, ८ असार । झण्डै–झण्डै करोडको बक्यौता भेट्ने एउटा बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मजिञ्जलमा । तिर्ने कसले, पत्तो छैन ।

विगत तीन वषदेखि हरेक महिना मरेर नयाँ महिना लाग्नासाथ पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सनेर पूराजा ज्ञानेन्द्र बाह तनावयुक्त भावमा ‘नन्सेन्स’को टिप्पणी गर्दै थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

पाएल्द्यसको समस्याकले पूर्वमुमाबडामहारानी रत्नराज्यलाई एक्कासि साहै बनाएदेखिको तनाव नेपाल विद्युत प्राधिकरणको बिलको कुराले झन् थप्दा ज्ञानेन्द्रलदे शुक्रबार बिहान त्यस्तो टिप्पणी गरेका हुन् । बिहीबार बिहानैदेखि आमाको स्वास्थ्यका कारण उत्पन्न तवना हल भइसकेको थियो । तर, महेन्द्र महेन्द्र मञ्जिलप्रति नेपाल सरकारको रुखो व्यवहारले उनलाई क्रुद्ध बनाएको हो ।

दुई वषअघि ज्ञानेन्द्रका निजी सचिव सागर तिम्सिना र रत्नका निजी सचिव शम्भु अधिकारीले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग भेटेर महेन्द्र मञ्जिलमा प्रयोग हुने बिजुलीको तार नारायणहिटी दरबार संग्राहलयबाट तानिएको र त्यसको बिल पनि उतै पठाउन अनुरोध गरेका थिए ।

लीलामणि पौडेलले संस्कृति मन्त्रालयले तिर्ने गरी उक्त बिल महेन्द्र मञ्जिल जानबाट रोक्नु भनी तत्कालै निर्देशन दिए । यस्तो निर्देशन पाएको केही महिना महेन्द्र मञ्जिलमा बिल गएन । तर, केही महिनापछि बक्र्यौता थपिएर बिल जाने क्रम सुरु भयो ।

पञ्चायत निरंकुशताको सूत्रपात गर्ने, तर दूरदर्शी तथा राष्ट्रवादी कहलिने राजा महेन्द्रकी ८८ वर्षीया पत्नी रत्नको थाप्लोमा यसरी महिनैपच्छिेको बक्यौता बढेर झण्डै करोडको ऋण थोपरिएको छ ।

हिमानीको हस्याङफस्याङ

बिहीबार बिहान पूर्वयुवराज्ञी हिमानी बच्चहरूलाई स्कुल पठाएर भान्सा छिरिन् । ससुरा (पूर्वराजा ज्ञानेन्द्र)का लागि नुन, मसला नियन्त्रित खानाबारे भान्सेसँग उनी कुरा गर्दै थिइन् । ठीक त्यही बेला मोबाइलमा घण्टी बज्यो, नारायणहिटीबाट ।

छोटो कुराकानी सकिएपछि ‘ओ माइगड’ भन्दै ससुरा भएतिर दौडिइन, हस्याङफस्याङ गर्दै । ‘मुमालाई साह्रै भयो रे…!’ ब्रेकफाष्टपछि आराम गरेर बसेका ज्ञानेन्द्र पनि ज-याकजुरुक उठे । १० मिनटभित्रै ज्ञानेन्द्र, हिमानीसहित चार–पाँच जनाको यात्रा निर्मल निवासबाट नारायणहिटीतिर सुरु भयो ।

हुन पनि, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा रत्न फट्याक फट्यक भइसकेकी थिइन् । यसो भयो कि उसो भयो भन्ने अनुमान गर्दै ढोके, बगैंचे र सुसारेहरू सामान्य अवस्थामा ल्याउन प्रयत्नरत थिए । तर, हिमानीले रत्नको हात समाइन् र आफ्नो गाडीमा हालिन् । उनैले नर्भिक अस्पताल र्लैजाने भनेबमोजिम रत्न त्हाँ भनाइ भइन् ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.