-->
गायक राजु लामा झोलुंगे पुल निर्माण गर्दै
Advertisement

गायक राजु लामाले सिन्धुपाल्चोकस्थित सुन्चौरमा 'मायाको साँघु' नामक ७५ मिटर लामो झोलुंगे पुल निर्माण कार्यको उद्घाटन गरेका छन्। 'राजु लामा फाउन्डेसन' मार्फत विभिन्न सांगीतिक कार्यक्रमबाट संकलन गरिएको रकमबाट झोलुंगे पुल निर्माण कार्यको सुरुवात गरिएको हो। 

झण्डै ४१ लाख ७६ हजारमा निर्माण गरिन लागिएको झोलुंगे पुलले लाङ्टाङ्, आमायाङरी, पाँचपोखरी र हेलम्बु लगायतका क्षेत्रमा रहेका पर्यटन व्यवसायलाई प्रवद्धन गर्नेछ।

'यस पुलले पर्यटकीय सुन्दरताले भरिएको लाङ्टाङ्, आमायाङरी, पाँचपोखरी र हेलम्बु लगायतका क्षेत्रमा रोजगार सृजना हुनेमा आशावादी छु,' गायक राजुले भने। गत शनिबार राजधानीमा सांगीतिक कन्सर्टमा सहभागि भएको मंगोलियन हर्ट र गायक राजु लामाका 'हल्ला चलेछ', 'उँभो उँभो खासा', 'तिमीलाई देखेर', 'बादल पारिको देशबाट', 'सायद तिम्रो बाटोमा', 'मेरो नेपाल', 'ओई नाना, 'नतानुँ त तानुँ लाग्ने',' गाजलु टिका'जस्ता गीत चर्चित छन् । ब्यान्डमा राजु लामा बाहेक बबी लामा, किरण नगरकोटी, सन्तोष थापा, दीपेन्द्रमान सिंह र पवन कपाली सदस्य रहेका छन् । 'मंगोलियन हर्ट'ले आधा दर्जन एल्बम निकालेको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.