-->
सुनको भाउ बढ्यो
Advertisement

काठमाडौं, असार १३ – सुनको भाउ सोमबार दुई सय रुपैयाँले बढेर तोलामा ५८ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार १२ डलरले बढेर सुन प्रतिऔँस १३ सय २८ डलर पुगेको छ ।

आइतबार १३  सय १६ डलर थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा अस्थिरता छाएकाले अहिले पर्ख र हेरको अवस्था रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतबार जस्तै  तोलाको आठ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.