माेरङकाे केराबारीमा प्रेमिकाले आत्महत्या गरेपछि प्रेमी पनि झुन्डिए : सुसाइट नाेटमा
लेखीयाे हाम्राे लासलाई एउटै चितामा जलाउनु

Advertisement
|

केरावारी २ स्थित मच्छिन्द्र उमाविको छेउमा घर भएकी 17 वर्षिय रक्षा भण्डारीले मामाघरमा गई सिलिङको बलोमा झुुण्डिएर आत्महत्या गरिन् । उनको आत्महत्या वारे विभिन्न अडकल बाजी भए । घर परिवार आफन्तमा विभिन्न संका उब्जियो । घट्नालाई स्वभाविक रुपमा लिएर शव पोष्ट मार्टम गर्न लगियो । मृत्युको कारणवारे यथेष्ट प्रमाण नभेटिए पछि दाहसंस्कार गर्ने तयारी भइरहेको थियो । शुक्रवार मध्यान्ह दाहसंस्कार स्थलमा दागवति दिने तयारी भइरहेको थियो । अचानक फोन आयो एकजना युवकले पनि आत्महत्या गरे रे । सवैको ध्यान फेरी युवकको घट्नातिर मोडियो । अधिकांस मलामीहरु घट्नास्थल तर्फ लागे । छर छिमेकी सवैको बाक्लो भिड लागिसकेको थियो । उनको मृत्युको खवर सुन्ने बितिकै मलामी गएकी आमा आइन खै कहा छ मेरो छोरो भन्दै उनी भक्कानिदै तलामाथि कोठामा पसिन तर छोराको प्राण पखेरु उडिसकेको थियो । केही छिनपछि उनीपनि अचेत वनिन् ।Purbeli news



0 comments
प्रतिक्रिया दिनुहोस्...