-->
छुट्टा छुट्टै कार बम बिस्फोटमा परी ४३ जनाको मृत्यु
Advertisement

यमनमा आतंकवादी संगठन स्लामिक स्टेट आर्ईएसले गराएको छुट्टा छुट्टै कार बम बिस्फोटमा परी ४३ जनाको मृत्यु भएको छ । आईएसले चार वटा आत्मघाती सहित सात बम विस्फोट गराएको हो ।

bagdad
यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिक ब्यारेक,चेक प्वइन्टलाई लक्षित गरी बिस्फोट गराइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चेक प्वइन्टलाई लक्षित गरी चार वटा बम विस्फोट गराएको थियो भने सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला अर्को दुई वटा बम बस्फोट गराइएको हो । प्रहरी चेक प्वाईन्टमा खाने कुरा बाड्ने बाहानामा आक्रमणकारीले बम आक्रमण गरेका हुन् । यसका साथै सैनीक ब्यारेकमा बारुदले भरीएको कार बम विस्फोट गराइएको छ । आक्रमणमा २० भन्दा बढी घाईते भएका छन् । मारिनेमा अधिकांश सैनिक रहेको छन् । यमनमा आइएसको आक्रमणमा परी अहिलेसम्म ६ हजार ४ सय मानिस मारिएका छन् जसमा आधा जति सर्वसाधारण छन् । यूएनले जनाएका अनुसार हिंसाका कारण २८ लाख भन्दा बढीले आफ्नो वासस्थान छोडिसकेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.