असार ७, २०७३- पूर्वमा रातिदेखि परेको अविरल बर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढेको छ ।
विहान एक लाख १९ हजार क्यूसेक पानी मापन गरिएकोमा ४ बजे एक लाख ४० हजार ७० क्यूसेक पानी मापन गरिएको छ ।
कोसी ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलेर पानीको निकास दिइएको छ । अविरल बर्षा भइरहेकाले पानीको बहाव बढ्ने सम्भावना रहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।
इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउमा पस्दा स्थानीय प्रभावित बनेका छन् । डुबाउ भएपछि दिनभरी अधिकांस सर्बसाधरण घर छाडेर सुरक्षित स्थान तर्फ लागेका थिए । पानी पर्न रोकिएपछि बाढी कम भएकाले बाढी केही नियन्त्रणमा आएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...