-->
अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्रमा बन्ने
Advertisement

सङ्खुवासभा,१४ असार, संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजना दुई वर्षभित्र बन्ने भएको छ । उक्त आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा ३० प्रतिशत प्रवद्र्धकको ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको हो । एनबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा मेन्छियम हाइड्रोपावरका अध्यक्ष दीपक खड्काले आयोजित एक कार्यक्रमबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ४ दशमलव ७ मेगावाट क्षमताको उक्त आयोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको खड्काले जानकारी दिए ।  जिल्लामा रहेको सिद्धकाली तथा मवादिन गाविसमा पर्ने पिलुवा खोलाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरण बानेश्वर सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा आपूर्ति गरिने खड्काले बताए  । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.