-->
साना दलको गठबन्धनसँग बिहीबार वार्ता
Advertisement

असार ६, २०७३- प्रधानमन्त्री केपी ओलीले संसदभन्दा बाहिर रहेका ३३ वटा साना दलको गठबन्धनलाई वार्ताका लागि असार ९ गते दिउँसो १२ बजेको समय दिएका छन् ।

संसद बाहिर रहेका साना दलहरूको गठबन्धनले पनि प्रधानमन्त्री कार्यालयमा आफ्नो माग पेस गरेका थिए । त्यसलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सोमबार छलफल गर्ने समय तोकेका हुन् ।

यसअघि प्रधानमन्त्रीले आन्दोलनरत मधेसी मोर्चा, थारू संघर्ष समिति र चुरे भावर राष्ट्रिय एकता पार्टीलाई वार्तामा बस्नका लागि पत्र पठाइसकेका छन् ।

सरकारसँग वार्ता गर्न चुरे भावर पार्टीले भने सात सदस्यीय वार्ता टोली गठन गरेको छ । उक्त पार्टी चाँडै वार्ताको समय तोकिने प्रधानमन्त्री कार्यालय जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.