काठमाडौं, ७ असार । अमेरिकाको पुनरावेदन तहको अदालतमा नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जितेको छ ।
स्रोत नखुलेको १० लाख डलरको मुद्दामा अमेरिकाको स्टेट कोट अफ अपीलले नेपालको पक्षमा फैसला गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
राष्ट्र बैंकबाट यस मुद्दाको विषयमा काम गरिरहेका उपनिर्देशक हरिकुमार नेपालका अनुसार फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ ।
उनका अनुसार सन् २००८ मा भैसेपाटीस्थित बंगलादेश वैंकमा १० लाख डलर रकम चिनियाँ नागरिक उ लिज्याङको नाममा आएको थियो । उनी पर्यटक भिसामा नेपाल बसिरहेका थिए ।
‘बैंकलाई स्रोतमाथि शंका लागेर अनुसन्धान गर्न राष्ट्र बैंकमा विवरण पठायो । स्रोत नखुलेको रकमको शंका लागेपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पैसा रोकिदियो’, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका प्रमुख समेत रहेका उनले भने, ‘यता रकम रोकेपछि हामीलाई जानकारी नै नदिइ अदालतको आदेशमा अमेरिकास्थित राष्ट्र बैँकको खाताबाट १० लाख डलर रकम झिकेर उसलाई भुक्तानी दिने तयारी भएको थियो । हामीले कूटनीतिक नियोग प्रयोग गरी पैसा भुक्तानी गर्न रोक्यौं । त्यहाँको जिल्ला अदालतमा मुद्दा दायर गर्यौं ।’
जिल्ला अदालतले सन् २०१४ मा नेपालकै पक्षमा फैसला सुनाएको थियो ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...