-->
छोरीको जन्मदिनमा कट्टेलद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख ११ हजार सहयाेग
Advertisement

अमेरिका / अमेरिकामा रहेका नेपालीहरुले जन्मदिनको खर्च कटाएर नेपालमा सहयोग गर्ने क्रम पछिल्लो समयमा व्यापक भएको छ । पछिल्लो पटक अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल निरु कट्टेलले आफ्नी जेठी छोरी स्नेहाको पाँचौ जन्मदिनको अवसरमा ‘धुर्मुस सुन्तली एकीकृत वस्ती’ का लागि एकलाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
 ‘उपलव्धिमुलक होस् भनेर मैले यो महान कामका लागि मैले सहयोग गरेको हुँ,’ कट्टेलले  भने । त्यसअघि पत्रकार विकासराज न्यौपानेले पनि एकलाख एक हजार रुपैयाँ प्रदान गरेका थिए ।
अमेरिकाको दक्षिणी राज्य ओक्लाहोमामा मोटल र ग्याँस स्टेसन सञ्चालन गर्दै आएका सुरेशको पुख्र्यौली घर नेपालको चितवन हो । ‘यहाँ हामीले गर्ने फजुल खर्चले भुकम्पले घरबार विहिन एक परिवारले ओत पाउँछन् । त्यही भएर खाने, पिउने खर्च कटाएर एकहजार डलर सहयोग गर्ने निर्णयमा पुगेको हुँ,’ उनले भने ।धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.