असार ६ – स्वीट्जरल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको
स्वीट्जरल्याण्ड समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । अघिल्ला दुई खेल जितेको फ्रान्स भने समूह विजेता बनेको छ । फ्रान्सका खेलाडीले गोल गर्ने राम्रा मौका बनाएर पनि चुके ।
पाउल पोग्बाले गोल गर्ने पाँच सुन्दर मौका पाए पनि चुके । उनले पहिलो हाफमा नै दुई पटक उडवर्क प्रहार गेर । यस्तै दिमित्री पेयटले मुसा सिसोकुबाट पाएको सुन्दर भलिक्रस बल पोस्टमा प्रहार गरेपनि पोलमा लागेर फर्कियो ।
इन्जुरी समयमा फ्रान्सका बाकरी साग्नाले स्वीट्जरल्याण्डका ब्लेरिम जमाइलीको जर्सी तानेपछि स्वीट्जरल्याण्डले पेनाल्टी पाउनु पर्ने थियो तर पाएन ।
समूहका तीन खेल सकिँदा फ्रान्सको सात तथा स्वीट्जरल्याण्डको पाँच अंक भएको छ । फ्रान्सले अब समूह सी, डी वा इ को तेस्रो स्थानमा रहेको टिमसँग खेल्ने छ । यस्तै स्वीट्जरल्याण्डले समूह सीको दोस्रो स्थानको टिमसँग खेल्ने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...