काठमाडौंः शहरी विकास मन्त्रालय अन्तर्गतको फोहोर व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले सञ्चालन गर्दै आएको वेभसाइट ह्याक भएको छ ।
ल्याटिन सबेर तथा ट्युनिसियन साइबर रेसिसटेन्स अल फालएज टीम लेखर सोही पछि विभिन्न विभत्स तथा हिंश्रक चित्र राखिएको छ । साइटमा धर्म भनेकै ईस्लाम हो भनिएको छ ।
वेभसाइट ह्याकको विषयमा प्राविधिक सहयोग केन्द्रका प्रमुख विश्वमणी ज्ञवालीलाई बुझ्दा यसबारे आफूहरुलाई केही जानकारी नभएको र वेभ ह्याकको विषयमा गृहमन्त्रालयलाई जानकारी गराएको बताएका छन् ।
केन्द्रले सहर व्यवस्थापनको क्षेत्रमा काम गर्नेहरुका लागि प्राविधिक सहयोग गर्दै आएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...